काठमाडौं । जनता समाजवादी पार्टी नेपालले विधान अधिवेशनलाई सफल बनाउन केन्द्रीय प्रचार प्रसार उपसमिति गठन भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा सोमबार बसेको पार्टी बैठकले राजनीतिक समिति सदस्य अर्जुन थापाको संयोजकत्वमा १६ सदस्यीय केन्द्रीय प्रचार प्रसार उपसमिति गठन गरिएको हो । जसपाको राजनीतिक समिति सदस्य न्हुच्छेलाल महर्जनलाई समितिको उपसंयोजकको जिम्मेवारी तोकिएको छ । […]