ओखलढुंगा । वर्षासँगै झरेको पहिरोका कारण ओखलढुंगाका मुख्य तथा ग्रामीण सडक अबरुद्ध भएका छन् । सिद्धिचरण राजमार्गको मानेभञ्ज्याङ ओखलढुंगा खण्ड,ओखलढुंगा रामपुर सडक, ओखलढुंगा रुम्जाटार सडक, खानीभञ्ज्याङ सडक लगायत जिल्लाका अन्य सडक पनि अवरुद्ध भएका हुन् । सिद्धिचरण राजमार्गको भुसुने जंगलमा सडक भत्किएको प्रहरीले जनाएको छ । यस्तै ओखलढुंगा रामपुर सडक खण्डको माथिबाट झरेको पहिरोले सडक […]
असार २ गते आएको बाढी मेचि राजर्माग अन्तरर्गत हेवा खोलाको पक्की पुल बगाएर सडक अबरुद्ध हुँदा किसााको १ करोड माथिको गोलभेँडा कुहिएको छ । पाँचथरको हिलिहाङ,याङवरका कृषकको गोलभेँडा सडक अबरुद्ध हुँदा बोटमै कुहिन थालेको हो । आफुले मेहनत गरेर पसिना बगाएर उत्पादन गरेको गोलभेँडा विक्री हुन छोडेपछि पाँचथरका गोलभेँडा कृषकहरुले गाउँपालिको कार्यालय छेउमा गोलभेँडा फालेर […]
अर्घाखाँची । हिजो बिहानदेखि परेको अविरल बर्षाका कारण गोरुसिंगे सन्धिखर्क सडक अबरुद्ध भएको छ । सन्धिखर्क नगरपालिका ६ को बहखोर र शितगंगा नगरपालिका २ को भुवनपाटामा गएराती पहिरो खसेपछि सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले बताए।सडक खुलाउने कार्य भैरहेको उनको भनाइ छ । यस्तै गोरुसिंगे सन्धिखर्क सडकको सन्धिखर्क ६ […]
The post पहिरोले गोरुसिंगे सन्धिखर्क सडक अबरुद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
अर्घाखाँची । मंगलबारदेखी परेको अविरल वर्षाका कारण पहिरो जाँदा अर्घाखाँचीकाे गोरुसिंगे सन्धिखर्क सडक अबरुद्ध भएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर ६ गुम्ती नजिकै ठूलो पहिरो जाँदा सडक पूर्ण रुपमा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको हाे । पहिरो हटाउनको लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो […]
जुम्ला – बिहीबार रातिदेखि लगातार भइरहेको वर्षा र भारी हिमपातका कारण कर्णाली राजमार्गको विभिन्न खण्ड अबरुद्ध भएको छ । प्राप्त सूचनाअनुसार कालिकोटको पिलिमा सडक अबरुद्ध भएको सडक डिभिजन जुम्लाका निमित्त प्रमुख सन्तोष भण्डारीले बताए ।उनका अनुसार हिउँ पन्छाउन कालिकोटतर्फ जुम्लाबाट मेसिन पठाइएको छ । यद्यपि, के कति अबरुद्ध भएको भन्ने सूचना आएको छैन । त्यस्तै […]
बैतडी । दुई वर्षदेखि पारिश्रमिक नपाएको भन्दै सडक मजदूरहरुले बैतडीको पाटन–पञ्चेश्वर सडकखण्ड आजदेखि अबरुद्ध गरेका छन् । उनीहरुले सडकमै रिले अनशन बसेर यातायात सञ्चालनमा रोक लगाएकाछन् । पाटन नगरपालिका ६ स्थित लोर्खामा सडक खण्ड मजदुरको अनशनका कारण अवरुद्ध भएको छ । मङ्सिर १ गतेदेखि दोस्रोपटक अनशन सुरु गरेका उनीहरुले दुई वर्षदेखिको पारिश्रमिक पाउनुपर्ने र रोजगारी […]
सुर्खेत– वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अबरुद्ध भएको छ । कर्णाली राजमार्गको कालिकोट शुभकालिका गाउँपालिका –१ को जितेगडामा दुई स्थानमा झरेको पहिरोले राजमार्ग अबरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण मंगलबार बिहानदेखि सडक अबरुद्ध भएको हो ।
गुल्मी : कालीगण्डकी करिडोर पहिरोका कारण अबरुद्ध भएको छ। कालीगण्डकी करिडोर अन्तर्गको हर्मिचौर–अर्बेनी सडकखण्डको गर्गरे भिरमा माथिबाट ठूलो पहिरो खसेकाले सडक अबरुद्ध भएको हो।सडक अबरुद्ध हुँदा बुटवलदेखि कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटदेखि बुटवलसम्म जाने सवारीहरू चल्न सकेका छैनन्। शुक्रबार रातिबाट गएको पहिरो पन्छाउन शनिबार बिहानबाट डोजर लगाइएको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले जानकारी दिइन्।पहिरो निकै ठूलो भएकाले पन्छाउन समय लाग्ने थापाले बताइन्। बर्
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क– गोरुसिंगे सडकखण्ड अवरुद्व भएको छ । लगतारको बर्षाको कारण पहिरो जाँदा सडक अबरुद्ध भएको हो । जिल्लाको शितगंगा नगरपालिका बसेरिमा पहिरो गएका कारण सडक अवरुद्व भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । अवरुद्ध सडक सुचारु गर्नको लागि पहल भैरहेको छ ।
जुम्ला –अबिरल वर्षाले आएको पहिरोले गर्दा अवरुद्ध भएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गको विभिन्न भागमा पहिरो जाँदा अबरुद्ध भएको थियो । कर्णाली राजमार्गको कालिकोट खण्डको अधिकांश ठाउँ तथा जुम्ला खण्डको केही भागमा पहिरोले सडक अबरुद्ध हुँदा आवत–जावत बन्द भएको थियो ।सडक डिभिजन कार्यालय जुम्लाको सक्रियता तथा जिल्ला प्रशासन, जिल्ला समन्वयन समितिको लगायत सबै […]