नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीपविरुद्ध महान्यायाधिवक्ता कार्यालयले निवेदन दिएको थियो।...
काठमाडौं,६ वैशाख । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्धको महाअभियोग निष्क्रिय बनाउने संसद् सचिवालयका महासचिवको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आज सुनुवाई हुँदै छ । राणा २०७८ फागुन १ गते संघीय संसद् सचिवालयमा महाअभियोग दर्ता भएपछि निलम्वनमा रहेका थिए । निलम्वनमा रहेकै अवस्थामा गत मंसिर २० गते संघीय संसदका महासचिव डा भरतराज गौतमले महाअभियोग […]
काठमाडौं, २१ पुस । अन्तराष्ट्रिय कुख्यात अपराधी चाल्स शोभराजको मुद्दामाथि आज सुनुवाई हुँदैछ । शोभराजको मुद्दामाथि सुनुवाई गर्न सर्वोच्च अदालतमा आज पेसी तोकिएको हो । न्यायाधीश वमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा पेशी तोकिएको छ । शोभराजले पुस ७ गते उमेरको हदको आधारमा कैद छुटको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । नेपालको […]
काठमाडौं, ३ मंसिर । नेपाल बार एशोसिएशनको आन्दोलनको बावजुद पनि सर्वोच्च अदालत अब लयमा फर्किने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रबारका लागि १० इजलास गठन गरेको सबै इजलास तोकिएका न्यायाधीशहरु पनि सबै इजलासमा बसने भएका छन् । प्रधानन्यायाधीश जबराले भने आफूलाई इजलास तोकेका छैनन् । आन्दोलित न्यायाधीशलाईसमेत इजलास गठन गरेका प्रधानन्यायाधीश जबराले आज […]
एजेन्सी, २५ असोज । बलिउडका सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान १४ दिनको न्यायिक हिरासतमा छन् । आर्यनसँगै यस प्रकरणमा मुछिएका ७ जना आरोपी जेलभित्र छन् । केही दिन अगाडी किलाकोर्ट अदालतले आर्यनको जमानत याचिका खारेज गरेको थियो । अब केही समयमा उनको जमानत याचिकामा सुनुवाई हुनेछ । जमानत याचिकामा आर्यनसँग कुनै लागुऔषध नभएको उल्लेख […]
काठमाडौं, १३ असोज । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको हत्या अभियोगको मुद्दा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै परेको द्वन्द्वकालीन मुद्दा यसअघि पटक–पटक पेसी चढ्दै आएको छ । आज संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा […]
काठमाडौं, भदौ २ । विद्युत् प्राधिकरणको निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट उपर आज सुनुवाई हुदैछ । कुलमान घिसिङलाई नियुक्त गरेको बिरुद्धमा परेको रिटको सुनुवाई सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बेन्चमा सुनुवाइ हुने हुने भएको हो । कार्यकारी निर्देशक पदमा ‘थमौती गरि पाउँ’ भन्दै शाक्यले साउन ३२ मा कुलमान घिसिङको नियुक्ति ‘बदर गरि […]
काठमाडौं, २२ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेमा क्रियाशील भएका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध भ्याकेटमा गएका छन् । यसअघि माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरु फागुन २३ गतेको फैसलापछि एमालेमा सक्रिय भएका थिए । माओवादी पार्टीको निर्देशनपछि उनीहरुलाई निर्वाचन आयोगले पदमुक्त गरेको थियो । तर, ती जनप्रतिनिधिहरु […]
एजेन्सी, १२ साउन । बम्बई उच्च अदालतमा आज व्यवसायी तथा शिल्पा शेट्टीका पति राज कुन्द्राले पुलिस हिरासतलाई दिएको चुनौती र जमानतको लागि आज सुनुवाई हुँदैछ । राज कुन्द्राले आफुलाई अदालत समक्ष धरौटीमा रिहाई गर्न अपिल गरेका थिए । राजलाई अश्लील भिडियो प्रकरणमा प्रहरीले हिरासतमा लिएको आज अन्तिम दिन हो । प्रहरीले राज कुन्द्रा र रयान […]
काठमाडौं । मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको आज सुनुवाइ हुँदैछ । रिटको पेशी न्यायाधीश ईश्वर प्रसाद खतिवडाको बेञ्चमा तोकिएको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सितादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र विरेन्द्रप्रसाद शाहले मन्त्रिपरिषद बिस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
The post मन्त्रिपरिषद विस्तारविरुद्धको रिटमा आज सुनुवाई हुँदै appeared first on Purbeli News.