युरोकप अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा क्रोएसिया चेक रिपब्लिकसँग बराबरीमा रोकिएको छ । बराबरीसँगै क्रोएसियाको अबको यात्रा कठीन बनेको छ । स्कटल्याण्डमा भएको खेलमा चेकका प्याट्रिक सिकले पेनाल्टीमार्फत टीमलाई अग्रता दिलाए । तर त्यो अग्रता १० मिनेटपनि टिक्न सकेन । क्रोएसियाका लागि इभानले ४७ औं मिनेटमा बराबरी गोल गरे । त्यसपछि दुबै टोलीले गोल गर्ने सुन्दर मौका पाए पनि गोलले दिशा लिन सकेन । खेलमा ११ सुट गरेकोमा २ वटा टार्गेट सुट थियो भने चेकले पनि ११ वटै सुट गर्दा एउटा टार्गेट थियो