सिमकोट नमुना गाउँपालिका छनोट

सिमकोट – हिमाली जिल्लामा नमुना गाउँपालिका बनाउने प्रदेश र संघीय सरकारको कार्यक्रमअन्तर्गत सिमकोट गाउँपालिका छनोट भएको छ। आवश्यक भौतिक पूर्वाधारलगायत सबै क्षेत्रको विकास गर्नका लागि नमुना गाउँपालिकाका रूपमा सिमकोट छनोट भएको हो। सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले हिमाली सहर बनाउने उद्देश्यसाथ यसै वर्षबाट सञ्चालनमा आउने नमुना गाउँपालिका कार्यक्रमका लागि सिमकोट गाउँपालिका छनोट भएको जानकारी दिए। […]