देश दौडाहामा विपिन, प्रियंका र शिल्पा

काठमाडौं । फागुन ५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘फूलबारी’को प्रवद्र्धनमा मुख्य कलाकारसहितको टोली देश दौडाहामा निस्किएको छ । विपिन कार्की, प्रियंका कार्की, शिल्पा मास्केलगायतले देशका पाँच सहरमा प्रचारप्रसार गर्दै दर्शकलाई फिल्म हेर्न आग्रह गर्नेछन् । शुक्रबार बुटवलबाट सुरु भएको दौडाहा पोखरा, भरतपुर, इटहरी हुँदै बिर्तामोडमा पुगेर टुंगिनेछ । बुटवलको मणिमुकुन्द, सिद्धार्थ गौतम, न्यु होराइजन […]

सम्बन्धित सामग्री

‘उप’ लाई ‘सुपर’ बनाउने अभियानमा उपसभामुख मगर

उपसभामुख चयन भएपछि देश दौडाहामा रहेकी उनले मंगलबार उदयपुृरमा आयोजित एक कार्यक्रममा सो कुरा बताएकी हुन्।...

देश दौडाहामा शीर्ष नेता

काठमाडौं । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मुख्य राजनीतिक दलका शीर्ष नेतृत्व चुनावी प्रचारप्रसारमा देश दौडाहामा छन् । सबैजसो मुख्य राजनीतिक दलले चुनावी सभालाई शक्ति प्रदर्शनको माध्यम बनाएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह प्रदेश सुदूरपश्चिममा चुनावी प्रचारमा व्यस्त रहँदा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सुदूरपश्चिमबाटै […] The post देश दौडाहामा शीर्ष नेता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चुनावी प्रचारप्रसार लागि शीर्ष नेताहरु देश दौडाहामा

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति नजिकिंदै गर्दा राजनीतिक दल र उम्मेदवारहरुले चुनावी प्रचार प्रसारलाई तीव्र बनाएका छन् । गत बिहिबारदेखि निर्वाचन प्रचारप्रसार खुल्ला भएपनि राजनीतिक दलका शीर्ष नेताहरु चुनावी देश दौडाहामा निस्किएका हुन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी […]

चुनावी देश दौडाहामा प्रधानमन्त्री, निर्वाचन आचार संहिता लाग्दैन ?

२० वैशाख, काठमाडौं । स्थानीय तहको चुनावी प्रचारका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देश दौडाहामा निस्किने भएका छन् । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले बुधबारदेखि २६ वैशाखसम्म देउवा सहभागी हुने कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसले २१ गते विराटनगर, २२ गते चितवनको भरतपुरमा, २३ गते काठमाडौं, २४ गते बुटवल, २४ […]

चुनाव नजिकिएसँगै देश दौडाहामा ओली, आज खोटाङ जाँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज खोटाङको दिक्तेल जाँदै छन् । बिहान साढे १० बजे जाने भएका हुन् । पार्टीले आयोजना गर्ने कार्यक्रममा उनले विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमालेमा प्रवेश गराउनेछन् । निर्वाचनको सङ्घारमा ओली देश दौडाहामा छन् । उनले शुक्रबार मात्रै देशको पश्चिमी क्षेत्रका जिल्लाहरूमा पार्टीले आयोजना गरेको कार्यक्रमहरूलाई सम्बोधन गरेका […]

ओली देश दौडाहामा

दसौं महाधिवेशनपछि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा लागेका छन्। दुई दिनअघि कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली दुई दिनपछि वीरगन्ज जाँदैछन्।पार्टीमा नेताभन्दा पनि कार्यकर्ता प्रवेश गराएर संगठन मजबुत बनाउने अभियानमा लागेको एमालेले देशभर नै पार्टी प्रवेशको कार्यक्रम बनाउन थालेको छ। ‘एमालेमा आउनेको लहर चलेको छ। अध्यक्ष कमरेड भोली वीरगन्ज जाँदै हुनुहुन्छ। त्यसपछि १० गते झापा जाने कार्यक्रम छ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने।विधान महाधिवेशनपछि

माधव नेपालप्रति ओलीको टिप्पणी : एमाले बिगार्न हातमा टोपी लिएर देश दौडाहामा छन्

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल एमाले बिगार्न देश दौडाहामा रहेको टिप्पणी गरेका छन् ।  एमालेको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले चाडपर्वको अवसर पारेर आज चावहिलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले बिगार्न माधव नेपाल देश दौडाहामा रहेको बताएका हुन् ।  ‘माधव नेपाल हातमा टोपी लिएर एमाले बिगार्न देशभर कुदिरहेका छन् । कहिले पोखरी, कहिले धनकुटा, कहिले धनगढी पुगेका छन् । त्यो किन थाहा छ ? समाजवाद ल्याउन होइन, नेकपा एम...

देश दौडाहामा एमाले नेता

काठमाडौं, असोज १ । पार्टी विभाजनपछि नेकपा एमालेले चुनाव केन्द्रित सभाको अभ्यास गर्न थालेको छ । सुदृढ र एकताबद्ध एमालेको नारा दिएर पार्टी प्रशिक्षण बैठक आयोजना गर्दै एमालेले देशव्यापी रूपमै चुनाव केन्द्रित कार्यक्रम थालेको छ । विभाजनको असर आगामी चुनावमा कम पर्न दिन तथा नेताकार्यकर्तालाई विभाजित पार्टीमा जान रोक्न एमालेले देशव्यापी कार्यक्रम सुरु गरेको हो […]

ठाकुरपक्ष देश दौडाहामा, आजपनि चार जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दै

काठमाडौं।जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुरपक्षले आजपनि चार जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दै छ। हिजो झापा, धनुषा, पर्सा, कैलालीमा भेला गरेको उसले आज सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा भेला गर्न लागेको हो। सुनसरीमा डा.सुरेन्द्र झा,सर्लाहीमा राजेन्द्र महतो, रुपन्देहीमा सर्वेन्द्रनाथ शुक्ल तथा कञ्चनपुरमा चन्द्रकान्त चौधरीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ। निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिता दिएपछि महन्थ ठाकुरपक्ष देश दौडाहामा निस्किएको छ।