काठमाडौं। शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले सरकारले न्यायपालिकाको स्वतन्त्रतालाई पूर्ण रुपमा सम्मान गर्ने बताएका छन्। शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सरकारले विगतमा पनि कानून र संविधानको पूर्ण पालना गरेको र अब पनि गर्ने उल्लेख गरे। राजनीतिक अस्थिरता र संसदले नै काम गर्न नसक्ने अवस्था भएपछि अन्तर्राष्ट्रिय अभ्यास तथा राजनीतिक आवश्यकताको सिद्धान्तअनुसार देशलाई स्थिरतातर्फ लैजान संसद विघटन गरिएको उनको दाबी थियो।