सुदूरका स्वतन्त्र मेयर- जगाउँदै भरोसा

काठमाडौंमा बालेन्द्र शाह र धरानमा हर्क साम्पाङजस्तै स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका मेयर हुन्, धनगढी उपमहानगरपालिकाका गोपाल हमाल । तर स्थानीय सरकारको प्रमुखका रुपमा जिम्मेवारी सम्हालेपछि शाह र साम्पाङ सामाजिक सञ्जालमा जसरी चर्चामा आइरहे, यिनका तुलनामा सुदूरका मेयर हमाल गुमनाम नै छन् । धनगढीका नागरिकमाझ भने उनको चर्चा कम छैन ।