लगातारको वर्षापछि पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक बिहीबार साँझदेखि अवरुद्ध भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यबहादुर थापाले नारायणगढदेखि २० किलोमिटर पर भरतपुर महानगरपालिका–२९ भोर्ले सेती दोभानमा साँझ साढे ८ बजेतिर पहिरो खसेर बाटो अवरुद्ध भएको जानकारी दिए ।