सुरक्षाकर्मीहरूको हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये सबै जना तालिबान लडाकूहरू रहेको रक्षा मन्त्रालयका उच्च अधिकारीहरूले पुष्टि गरेका छन् ।
घटनामा अरू १७ जना घाइते समेत भएको अधिकारीहरूले जानकारी दिएका छन् । शुक्रवार दुई प्रान्तमा घटना भएको जनाइएको छ ।
देशको उत्तरी क्षेत्रमा पर्ने जावज्जान प्रान्तमा १९ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए ।
मुर्घाब र हसानमा रहेको तालिबान लडाकूहरूको आश्रयस्थललाई लक्षित गरेर सुरक्षाकर्मीहरूले हवाई आक्रमण गरेका थिए ।...