बायर्न म्युनिख तथा पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की सन् २०२१ को बेस्ट फिफा अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडी चुनिएका छन् । ६९ गोल गरेका ३३ वर्षीय खेलाडीले लगातार दोस्रो वर्ष यो उपाधि जितेका हुन् ।उनले लिभरपुलका मोहमद शलाह र पेरिस सेन्ट जर्मेनका लियोनेल मेस्सीलाई पछि पारे । लेवान्डोस्कीले हालैमात्र गर्ड मुलरको बुन्डेस लिगामा एकै वर्षमा सबैभन्दा धेरै गोल गर्ने ४९ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए । उनले ३४ खेलमा ४३ गोल गर्न सफल भएका थिए ।चेल्सीलाई च्याम्पिन्स लिगको उपाधि