बिचौलियाले राज्य पूरै कब्जा गर्यो, मसँग सबै प्रमाण छ : सांसद सिंह

काठमाडौं : सांसद डा. अमरेशकुमार सिंहले बिचौलियातन्त्रका कारण लोकतन्त्रमाथि खतरा भएको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले ०६३ को जनआन्दोलनपछि देशको मुहार  फेरिए पनि बिचौलिया र भष्टाचारतन्त्रमा कन्भर्ट गरिएको टिप्पणी गरेका छन्।उनले ०६३ पछिको बिचौलियातन्त्र भ्रष्टाचार नक्कली भुटानी शरणार्थी प्रकरणको एउटा ऐना भएको बताएका छन्। ‘०६३ को जनआन्दोलनमा वामपन्थीले गाउँगाउँबाट उठ बस्तीबस्ती बाट उठ देशको मुहार फेर्नलाई उठ भन्ने गीत बनायो। यहीअनुसार देशको मुहार त फ