काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले हिजाे आइतवार बेलुकी फिर्ता पठाउनुभएकाे नागरिकता विधेयक २०६३ संशाेधन गर्न बनेकाे विधेयक आज साेमवार प्रतिनिधि सभामा पुगेकाे छ । राष्ट्रपति भण्डारीले विधेयकमा पुनर्विचार गर्न आवश्यक भएको भन्दै विधेयक फिर्ता पठाउनुभएकाे थियाे । राष्ट्रपति कार्यालयले पठाएकाे पत्रमा सङ्घीय संसदबाट पुनः गहन अध्ययन, छलफल र विश्लेषणसहित पुनर्विचार गरियोस् भनी विधेयक फिर्ता पठाएकाे उल्लेख छ । साउन ६ गते प्रतिनिधि सभा र साउन १२ गते राष्ट्रिय सभाबाट बहुमतले पारित विधेयक प्रमाणीकरणक...