दूध बेचेर मासिक एक कराेड भित्र्याउँदै हेटौँडाको हटियाका किसान

मकवानपुर – हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ हटिया लक्ष्मीनगरका किसान उपेन्द्रप्रसाद गौतमले विगत साढे दुई वर्षदेखि गाईभैँसी पालन गर्दै आउनु भएको छ । गौतमका फरक– फरक प्रकृतिका तीन वटा गोठमा गाई र भैँसी लस्करै बाँधिएका छन् । गौतमसहित उहाँकी श्रीमती र परिवारका अरू सदस्य बिहानको झिसमिसेदेखि राति अबेरसम्म गोठमा नै रमाउने गरेका छन् । कर्मचारी पनि उत्तिकै लागिपरेका छन् । उहाँका गोठमा अहिले १९ वटा गाई र तीन वटा भैँसी छन् । गाई पाल्नका लागि सुधारिएको गोठ पनि निर्माण गरिएको छ । प्रत्येक गाईको टा...