नयाँ सहर निर्माणका लागि २० अर्ब खर्च गर्ने तयारी

मध्यपहाडी राजमार्गले छोएको देशका विभिन्न १० सहरलाई नयाँ सहरको रूपमा विकास गर्ने सरकारी कार्यक्रमअनुसार पाँचथरको फिदिम पनि पर्दछ । नयाँ सहर बन्ने एकीकृत विकास योजना तयार भइसकेको आयोजनाका विषयमा स्थानीय उत्साहित भएका छन् । सदरमुकाम फिदिमलाई आगामी २० वर्षसम्मका लागि १ लाख जनसंख्या रहन सक्ने बनाउने सरकारको योजना छ ।