काठमाडौं : स्वास्थ्य बीमा बोर्डले बिमितहरूलाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न सेवाप्रदायक स्वास्थ्य संस्थालाई अनुरोध गरेको छ। केही अस्पतालले आर्थिक वर्षको अन्त्यमा भुक्तानी नहुने आशंकामा धमाधम सेवा स्थगित गरिएको सूचना निकालेपछि बोर्डले सेवा स्थगित नगर्न भनेको हो।बिमितहरूको स्वास्थ्य परीक्षण भएका दाबीहरूको बाह्रै महिना भुक्तानी गर्न सकिने व्यवस्था रहेको भन्दै परीक्षण भएका दाबीको भुक्तानी यथाशीघ्र गर्न लागिपरेको बोर्डका कार्यकारी निर्देशन दामोदर बसौलाले बताए। आगामी दिनमा कार्यतालिका तय