चल्न थाले वीरगञ्जको घण्टाघरका घडी

१७ कात्तिक, वीरगञ्ज । वीरगञ्ज आइसकेपछि घण्टाघर नहेर्ने सायदै होलान । प्रायः सबैले घण्टाघरको छेउछाउमा उभिएर सेल्फी खिच्ने गर्छन् । किनकि घण्टाघरलाई वीरगञ्जको मुुटु भनेर चिनिन्छ । नव आगन्तुक पाहुनालाई स्वागत गर्ने थलो नै घण्टाघर बन्छ । घडी भएको टावर माथिबाट वीरगञ्ज नगर क्षेत्रको अवलोकन गर्न सकिन्छ । तर सुरक्षाको कारण घण्टाघर चढ्नमा रोक लगाइएको […]

सम्बन्धित सामग्री

वीरगञ्जस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा

कात्तिक १८, वीरगञ्ज । नेपालकै ठूलो आर्थिक राजधानीका रूपमा स्थापित वीरगञ्ज बजारमा अवस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा आएको छ । विगत छ वर्षदेखि बिग्रिएको अवस्थामा रहेको घण्टाघरको घडी वीरगञ्ज महानगरपालिकाको पहलमा मर्मतसम्भारपश्चात् पुनः सञ्चालनमा आएको हो ।            महानगरपालिकाले घण्टाघरस्थित घडीको मर्मतसम्भार गरेर घडी पुनः सञ्चालनमा ल्याएको महानगर प्रमुख विजयकुमार सरावगीले बताए। साथै आगामी दिनमा घण्टाघरको व्यवस्थापन गर्ने जिम्मा वीरगञ्ज महानगरपालिकाले नै लिने भएको हो । घण्टाघर व्यवस्थापनका लागि महानगरपालिकाले चालू आव ०७८/ ०७९ मा ५० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको बताइएको छ ।            वीरगञ्जको पहिचानका रूपमा परिचित घण्टाघर प्रमुख आकर्षणको केन्द्रविन्दु हो । धेरैको जमघट गर्ने स्थल पनि घण्टाघर नै हो । त्यही घण्टाघरको घडी लामो समयदेखि बिग्रिएको थियो । रासस

वीरगञ्जस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा

नेपालकै ठूलो आर्थिक राजधानीका रूपमा स्थापित वीरगञ्ज बजारमा अवस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा आएको छ । विगत छ वर्षदेखि बिग्रिएको अवस्थामा रहेको घण्टाघरको घडी वीरगञ्ज महानगरपालिकाको पहलमा मर्मतसम्भारपश्चात् पुनः सञ्चालनमा आएको हो ।  महानगरपालिकाले घण्टाघरस्थित घडीको मर्मतसम्भार गरेर घडी पुनः सञ्चालनमा ल्याएको महानगर प्रमुख विजयकुमार सरावगीले बताउनुभयो । साथै आगामी दिनमा घण्टाघरको व्यवस्थापन गर्ने जिम्मा वीरगञ्ज महानगरपालिकाले नै लिने भएको हो ।घण्टाघर व्यवस्थापनका लागि महानगरपालिकाले चालु आ