मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । सोमबार दिउँसो १ बजेर १५ मिनेटमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका तर्फबाट अविश्वास प्रस्ताव दर्ता भएको प्रदेश सभा सचिवालयले पुष्टि गरेको छ । अविश्वास प्रस्ताव दर्ता गराएका तीन दलले मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीको नाम प्रस्ताव गरेका छन । केसी अहिले पनि लुम्विनी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री हुनुहुन्छ ।

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशसभाको बैठक एक घण्टाका लागि स्थगित

२७ साउन, काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक एक घण्टाका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेललाई जवाफ दिने समयका लागि बैठक स्थगित गरिएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी गराए । बैठक २ बजेर ४५ मिनेटमा पुनः शुरु हुने उनले बताए । विपक्षी गठबन्धनका कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मंगलबार प्रदेशसभा सचिवालयमा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। यसअघि सोमबार उनीहरुले नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसँग माग गरेका थिए। विपक्षी गठबन्धनमा आवद्ध ३४ प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो। […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। प्रदेश सभा सचिवालयमा ३४ सांसदहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको हो। उनीहरुले अविश्वासको प्रस्ताव दर्ता गराउँदै नेकपा माओवादी केन्द्रका संसदीय दलका...

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव

न्युज अफ नेपाल बुटवल । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता भएको छ । कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै पुनः अविश्वास प्रस्ताव दर्ता गरिएको जनाएको छ।यसअघि वैशाख ६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको […]