धनकुटा : सरकारले शनिबार प्रस्तुत गरेको बजेटमा प्रदेश १ मा तराई क्षेत्र प्राथमिकतामा परेको छ।पहाडी र हिमाली क्षेत्रमा कम बजेट विनियोजन भएको छ। केही पुराना कार्यक्रमलाई निरन्तरता दिनुका साथै नयाँ कार्यक्रमहरू पनि सुरुवात गर्ने गरी प्रदेश १ मा बजेट तराई केन्द्रित भएको हो।बजेटमा छुट्ट्याइएका कार्यक्रमहरूले तराईमा रोजगारी तथा जीवनस्तर उकास्न सघाउने सरकारको विश्वास छ। खासगरी तराई क्षेत्रमा विकासको कमी भएको अनुभूति भएको भन्दै त्यहाँका लागि महत्वपूर्ण विकास योजना ल्याइएको सरकारले जनाएको छ।तराई