सिफारिस समितिका सदस्यको प्रतिवाद, “वादी पक्ष नै न्यायाधीश भएर फैसला गर्न मिल्दैन, संसद्को कार्यकाल सकिएपछि समितिले निर्णय गर्नुको अर्थ के हुन्छ ?”

काठमाडौं, २ असोज । नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले महाभियोग सिफारिस समितिमा बहुमतको नाममा जबर्जस्ती गरिएको आरोप लगाएका छन् । “हामीले सर्वोच्च अदालतको ठेक्का, प्रेरणा शाहको जग्गा विवाद, वीरगन्जको पोखरीको फाइल झिकाऔं, अध्ययन गरौं, भन्दा बहुमतको नाममा जबर्जस्ती भयो । तीन दिनभित्र गर्नुपर्ने छलफल ६ महिनासम्म गरिएन । यो महाभियोग पारित गर्ने हिसाबले ल्याइएकै होइन […]