चितवन : चितवनमा मतदान योग्य मतदाताको संख्या तीन लाख ९९ हजार ८७१ जना पुगेको छ। दाबी विरोधको क्रममा केही संख्या घट्ने छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार यो मतदाता संख्या २०७४ को निर्वाचनमा भन्दा ८६ हजार ८६८ ले बढी हो।२०७४ सालको स्थानीय तहको निर्वाचनमा तीन लाख १३ हजार तीन मतदाता थिए। दाबी विरोधको कार्यक्रमपछि अन्तिम नामावली सार्वजनिक गरिने कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए। कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार भरतपुर महानगरपालिकामा ३६ हजार ३९६, राप्ती नगरपालिकामा १० हजार ९