इरानले ट्यांकर जहाजमाथि आक्रमण गरेको अमेरिका र बेलायतको आरोप, जवाफ फर्काउने चेतावनी

 दुई जनाले ज्यान गुमाउने गरी ट्यांकर जहाजमा भएको आक्रमणमा इरानको हात रहेको अमेरिका र बेलायतले आरोप लगाएको छ । यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन बताउँदै दुई देशले जवाफ दिने चेतावनीसमेत दिएको छ ।इजरायली कम्पनीले सञ्चालन गर्ने एमभी मर्सर स्ट्रिट नामक ट्यांकर जहाजमाथि बिहीबार ओमननजिक हमला भएको थियो । उक्त घटनामा एक बेलायती र रोमेनियन नागरिकले ज्यान गुमाएका थिए ।घटनापछि इजरायलका प्रधानमन्त्री नफताली बेनेटले यस घटनामा इरानको संलग्नता रहेको ‘प्रमाण’ रहेको दाबी गरेका थिए । उनले इरा