सम्पादकीय: चिनियाँ नाकाकस्सी हटाऊ

चीनले साढे सात वर्षदेखि नेपाल नाकामा तारन्तार अवरोध गरेर विश्व व्यापार नियमको सरासर उल्लंघन गरिरहेको छ । बेइजिङको यो अनुदार व्यवहार काठमाडौंप्रति स्नेहहीनताको उदाहरण मात्र होइन, नेपाल सरकारको कूटनीतिक विफलताको द्योतक पनि हो ।