काभ्रेपलाञ्चोकमा ३ लाख ३ हजार मतदाता, सबैभन्दा धेरै पनौती नगरपालिकामा

वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सरगर्मी बढ्न थालेको छ । राजनीतिक दलहरु निर्वाचनका लागि उम्मेदवारी चयनमा व्यस्त हुन थालेका छन् ।  काभ्रेपलाञ्चोक जिल्लामा पनि मुख्य पार्टीहरू कसरी उम्मेदवार चयन गर्ने भन्नेमा छन् । साना पार्टीहरू पनि चुनाव केन्द्रीत कार्यक्रममा व्यस्त हुँदैछन् । गठबन्धनकारी दलहरु भने भागबण्डा मिलाउन मै व्यस्त देखिन्छन् ।जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख उमेशकुमार राईकाअनुसार २०७९ साल वैशाखमा हुने स्थानीय निर्वाचनका लागि जिल्लामा ३ लाख ३ हजार ५६० जना मतदाता

सम्बन्धित सामग्री

बाढीपहिरोले क्षतिगस्त काभ्रेको भूमेडाँडा र बेथानचोक पुगे गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सोमबार बिहान बाढीपहिरोबाट क्षतिग्रस्त काभ्रेको पनौती नगरपालिका- १२ भूमेडाँडा र बेथानचोक गाउँपालिका- ४ चलालको निरीक्षण गरेका छन् । सबैभन्दा बढी बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि दिउँसो जिल्ला प्रशासन कार्यालय काभ्रेको बैठकमा गृहमन्त्री लेखकले तीन वटै सरकारको विपत्तिमा काम गर्नुपर्ने जिम्मेवारी रहेको र तीन तहकै सरकारबीच समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए । […]

बाढीपहिरो : काभ्रेमा आर्थिक सहयोग प्रदान गर्न टोली परिचालन

गत साताको अविरल वर्षामा बाढीपहिरोले काभ्रेपलाञ्चोकमा जनधनको ठूलो क्षति भएपछि राहत रकम उपलब्ध गराउन टोली परिचालन गरिएको छ । हाल जिल्लाका पाँच स्थानीय तहमा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई सङ्घीय सरकारद्वारा घोषित राहत रकम उपलब्ध गराउन टोली परिचालन गरिएको हो । जिल्ला प्रशासन कार्यालयबाट सबैभन्दा बढी मृतक सङ्ख्या रहेको पनौती नगरपालिका,...