भियतनाम एयरलाइन्स र अमेरिकी बोइङबीच करिब ८ अर्ब डलरको सम्झौता

भियतनाम एयरलाइन्सले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग ७ अर्ब ८० करोड अमेरिकी डलरको सम्झौता गरेको ह्वाइट हाउसले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।