नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट विनियोजित बजेटबाट जिल्लामा सञ्चालन भएका विकास योजनाको अनुगमन गर्ने भएको छ । एकीकृत समाजवादीको तेस्रो पूर्ण बैठकले विकास योजनाको अनुगमन गर्ने निर्णय गरेको हो । यसका लागि विवरण सङ्कलन गरेर उपलब्ध गराउन तल्लो तहका समितिलाई निर्देशन दिइएको पार्टीका जिल्ला इन्चार्ज बबि चाम्लिङले जानकारी दिनुभयो …