नकारात्मक टिप्पणी गर्नेलाई करिश्मा दिइन् चेतावनी

अभिनेत्री तथा नेकपा एमाले नेत्री करिश्मा मानन्धरले आफूलाई गाली गर्नेहरुको विरुद्ध कानुनी बाटो  रोज्ने चेतावनी दिएकी छन् । हालै सम्पन्न स्थानीय निर्वाचनमा नेकपा एमालेले राम्रो परिणाम ल्याउन नसकेको विषयमा उनलाई जोडेर विभिन्न नकारात्मक टिप्पणी आउन थालेपछि उनले सामाजिक संजालमार्फत आलोचकलाई चेतावनी दिएकी हुन् ।जीवनमा कसैको नराम्रो नचिताएको, कसैको नराम्रो नगरेको र आफूसँग भएको र सकेको बाँडेको बताएकी उनले बिना कारण मानसिक पीडा दिने शब्द प्रयोग गर्ने अधिकार कसैलाई नभएको बताइन् ।‘यत्रोवर्ष चलचि