प्रदेशको संरचना सहरकालाई होइन, गाउँकालाई राम्रो अनुभूति छ : पूर्वमुख्यमन्त्री पाण्डे

काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डेले तीन तहका सरकारबीच समन्वय गरेर अघि बढ्न सके सबै प्रदेश सरकार हरेक हिसाबले आत्मनिर्भर र सहजरूपमा चल्नसक्ने बताउनुभएको छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भइरहेको प्रदेशको अभ्यास र उपलब्धिबारे रासससँग कुराकानी गर्दै उहाँले देशको समृद्धि र जनहितका लागि प्रदेश हाँक्ने दृढ नेतृत्व भएमा पाँच वर्षभित्र […]

सम्बन्धित सामग्री

जनतालाई अनुभूति हुने गरी काम गर्न आग्रह

सत्तापक्ष र प्रतिपक्षका प्रदेश सभा सदस्यले गरिबीको भुमरीमा रहेका प्रदेशवासीलाई सरकार भएको अनुभूति हुने गरी काम गर्न आग्रह गरेका छन् । बहुआयामिक गरिबीका कारण स्वास्थ्य, शिक्षा, रोजगारीको अवस्था दयनीय रहेको औँल्याउँदै उनीहरूले जनताले सरकार भएको अनुभूति हुने गरी काम गर्न आग्रह गरेका हुन् । प्रदेश सरकार प्रदेशवासी जनताको आशा र भरोसा बन्नुपर्नेमा उनीहरूको जोड छ । सत्तारूढ दल नेकपा (एमाले) को संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशको समृद्धिका लागि अवधारणागत रूपमा अगाडि बढ्न जरुरी रहेको औँल्याउनुभयो ।

मुलुकको सन्तुलित विकासका लागि सङ्घीयता आवश्यक : पूर्वमुख्यमन्त्री शाही

काठमाडौँ, २९ भदौ । मुलुकमा सङ्घीय संरचना कार्यान्वयन भएको  छ वर्ष पुग्दैछ । यस अवधिमा आम नागरिकलाई सेवा लिन जिल्ला सदरमुकाम र केन्द्र जानैपर्ने बाध्यताबाट मुक्ति मिलेको छ । यो मीठो अनुभूति खासगरी दूरदराजमा बस्ने नागरिकले गरिरहेका छन् । दुर्गम, पिछडिएको, सिमान्तकृत, क्षेत्र, जाति, वर्गले सङ्घीयताका कारण नजिकको सरकारबाट लिन पाएको सेवालाई सहज अवसर प्राप्त […]