वैशाख ६, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको शेयर मूल्य सोमवार हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६१० पुगेको हो । सोमवार कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ९३ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २ दशमलव ८५ प्रतिशत बोनस शेयर र शून्य दशमलव १५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको हो ।
कम्पनीको गत माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । यो समाचार तयार पार्दाको समय २ : १४ बजेसम्म कम्पनीको १ लाख ८ हजार २० कित्ता शेयर खरीदविक्री भएको छ ।