असर्फी उत्पादन शुरू गर्दै टक्सार, १५ गतेबाट बिक्री

काठमाडौं, कार्तिक १४ । दुई वर्ष अघिदेखि रोकिएको असर्फी उत्पादन टक्सार महाशाखाले शुक्रबारबाट पुनः शुरु गरेको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखा बबरमहलस्थित नेपाल औषधि लिमिटेड परिसरमा स्थानान्तरण भएपछि असर्फी छपाइ ठप्प भएको थियो । महाशाखाका निर्देशक विनोद आचार्यले राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरलगायतको उपस्थितिमा परीक्षण छपाइ शुरु गरिने जानकारी र्दिए […]