विराटनगर : आगामी चैत ९ गतेदेखि आयोजना हुने विराट गोल्डकपको तयारी तीव्र पारिएको छ। विराटनगरको शहीद रंगशालामा हुने गोल्डकपका लागि रंगशाला मर्मत सम्भारलाई तीव्रता दिइएको हो।
फ्लड लाइट जडान भएको रंगशालामा रात्रिकालीन फुटबल प्रतियोगिता हुनेछ। त्यसका लागि मैदानको सबलीकरण गर्नु आवश्यक हुन्छ। चैत २ गतेसम्म सम्पूर्ण तयारी पूरा हुने विराट गोल्डकप प्रतियोगिताका सहसंयोजक शुभाशिष कोइरालाले बताए।
नेपाली र विदेशी टिमको सहभागितामा हुने प्रतियोगिता भव्य बनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
यद्यपि कुन–कुन टिमले सहभ...