गण्डकी प्रदेशमा थप ६५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ३३९ जनामा गरिएको नमूना परीक्षणमा ६५६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३६४ महिला र २९२ जना पुरुष रहेका छन् । सोमबार गण्डकीमा संक्रमितको संख्या उच्च रुपमा वृद्धि भएको छ । आइतबार प्रदेशमा जम्मा ३८० जना संक्रमित भेटिएकोमा सोमबार ६५६ जनामा संक्रमण देखिएको हो ।प्रदेशका ७ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र कम तनहुँमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन के