डाेटी - डोटीमा मुक्त हलियाको पुनः स्थापनाका लागि झण्डै सात वर्ष पहिले निर्माण गरिएका घर भत्किन थालेका छन् । धेरैजसो घर जगदेखि नै भत्किइसकेका छन् भने कतिपय भत्किने अवस्थामा छन् । पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मुक्त हलिया पुनः स्थापनाका लागि निर्माण गरिएका ती घरमा कोही पनि नबसेपछि संरचना खण्डहर बनेका हुन् ।
पुस्तौँदेखि मालिकको घरमा हलो जोतेका १८ परिवार बस्नका लागि सरकारले घर निर्माण गरेको थियो । सरकारले घर निर्माण गरे पनि पानी तथा बिजुलीलगायतका अत्यावश्यक पूर्वाधार नहुँदा कोही पनि बस्न नसकेको हलिया मुक्ति...