हिमाली जिल्ला मनाङको जिल्ला कारागारभित्र रहेका कैदी बन्दीहरूले उत्पादन गरेका सामग्रीले बजार नपाउँदा कैदी बन्दीहरू निराश बनेका छन् । जेलभित्र बन्दी जीवन बिताइरहेका थुनुवाहरूले आफ्नो सीप अनुसारको व्यवसाय गरे पनि उत्पादनले बजार नपाएपछि निराश बनेका हुन् । कारागारभित्र रहेका अधिकांश थुनवाहरूले बाँसको मुढा बनाउने, सल्लाको काठबाट डाडु पन्यु बनाउने र धागोबाट घोडा तथा खच्चडलाई प्रयोग गरीने डोरी बनाउने गरेका छन् ।