बाँके : बाँकेमा जाडोसँगै शीतलहर चल्न सक्ने भएकाले सर्वसाधारण चिसोबाट विपद् व्यवस्थापन समितिले तयारी शुरु गरेको छ। शीतलहरबाट कुनैपनि मानवीय तथा धनजनको क्षति नहोस् भन्नका लागि समितिले तयारी थालेको हो।जिल्ला विपद् व्यवस्थापन समितिको बुधवार बसेको बैठकले बाँकेका नागरिकलाई शीतलहरबाट जोगाउन विभिन्न २१ वटा निर्णय गर्दै पूर्वतयारी थालेको हो। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले ‘शीतलहर आकस्मिक योजना–२०८०’ स्वीकृत गर्दै विभिन्न २१ बुँदे निर्णय गरेको समि