‘परम्परा जोगाउन तीजको व्रत’

काठमाडौँ– आज तीज। विवाहित तथा अविवाहित महिलाहरु तीजका दिन भगवान शिवको व्रत बस्छन्, पानी पनि नखाई। कोरोना महामारीका बीच आज देशभरका शिव मन्दिरमा वर्तालु महिलाहरुको भीड देखिन्छ। बिहीबार ललितपुरको भैंसेपाटीस्थित शिव मन्दिरमा वर्तालु महिलाहरुको भीड देखियो। कोही पूजा गरिरहेका थिए, भने कोही पूजा सकाएर फोटो खिच्नमा व्यस्त। कोही विभिन्न ठाँउबाट पूजा गर्न मन्दिरतर्फ लम्किरहेका थिए। […]