रोल्पामा भीरबाट लडेर आमा-छोरीको मृत्यु

रोल्पामा भीरबाट लडेर आमा छोरीको मृत्यु भएको छ ।  बाँदर लखेटेर घर फर्कँदै गर्दा रोल्पा नगरपालिका–९  हाङबाङ बस्ने २५ वर्षीया संगिता पुन र उनकी २ वर्षीया छोरी कृतिका पुनको भीरबाट लडेर मृत्यु भएको हो । प्रहरीकाअनुसार घरबाट करिब १ सय ५० मिटर टाढा रहेको मकैबारीमा बाँदर लखेटेर फर्किदै गर्दा उनीहरुको मृत्यु भएको हो । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।यता बाँकेको डुडुवा गाउँपालिका–१ खडैचाका एक बृद्ध तलाउमा मृतावस्थामा फेला परेका छन् । डुडुवा १ बस

सम्बन्धित सामग्री

भीरबाट लडेर रोल्पामा युवकको मृत्यु

रोल्पामा भीरबाट लडेर एक जना युवकको ज्यान गएको छ । पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका-७ तेबाङ निवासी २६ वर्षीय सुर्मान पुनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

भीरबाट खसेर एक जनाको मृत्यु

बिजुलीको तार जोड्ने क्रममा भीरबाट लडेर पूर्वी रोल्पामा एक जनाको मृत्यु भएको छ। मंगलबार बेलुका तार तान्ने क्रममा सुनछहरी गाउँपालिका-५ पोवाङका ४२ वर्षीय हिकलाल पुन 'हिमाल' को घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

रोल्पामा भिरबाट लडेर एक जनाको मृत्यु

२७ पुस, रोल्पा । रोल्पामा मंगलबार भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका–५ कालिहाङमा बिजुलीको तार तान्ने क्रममा भीरबाट खसेर र पोवाङका ४२ वर्षका हिकलाल पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रोल्पामा राखिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक […]

बसन्तपुरमा नेपाल संवत् ११४३ को उत्सव मनाइँदै

काठमाडौं। बसन्तपुरमा नेपाल संवत् ११४३ को उत्सव मनाइँदै छ। निर्वाचन आयोगले समानुपातिकतर्फ बन्दसूचीबाट हटाइएका ५५० जनाको नामावली सार्वजनिक गरेको छ। यो वर्षको तिहारमा धरानमा मात्रै दुई करोड मूल्य बराबरको फूल कारोबार भएको छ। बंगलादेशमा सितरंग आँधीका कारण २४ जनाको मृत्यु भएको छ। भीरबाट लडेर रोल्पामा एक युवकको मृत्यु भएको छ।

भीरबाट लडेर रोल्पामा युवकको मृत्यु

९ कात्तिक, रोल्पा । रोल्पामा मंगलबार भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । मंगलबार बेलुका साढे ६ बजे गंगादेव गाउँपालिका–५ झाँक्रीसल्ला भन्ने ठाउँमा भीरबाट लडेर वडा नंं ७ आराखोलाका २२ वर्षका अम्मर विकको मृत्यु भएको हो । उनी भीरबाट लडेको देख्ने स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए । घरबाट मामाघर हिँडेका विक बाटोमा भीरबाट […]