काठमाडौं। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले आजबाट पासपोर्ट वितरणमा सहजता आउने जनाएको छ। पुस १९ गते सर्भरमा समस्या आएपछि विभागले पासपोर्ट वितरण गर्न रोकेको थियो। विभागले मोबाइलमा ‘एसएमएस÷म्यासेज’ आएपछि वा ‘नेपाल इपासपोर्ट एप’बाट पासपोर्ट तयार छ भन्ने जानकारी प्राप्त भएपछि मात्र पासपोर्ट लिन आउन अनुरोध गरेको छ। सर्भरमा देखिएको समस्या समाधान गर्न फ्रान्सबाट विज्ञ टोली नआउँदै समस्या समाधान भएको हो।