रुसी सेनाले युद्धबिराम गरेको भनिएको मारिओपोलमा गोलाबारी र बम हमला

रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरु सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो सहरमा अस्थायी युद्धबिराम घोषणा गरेको थियो । रुसी सेनाको गोलाबारीका कारण सर्बसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरुले बताएका छन् । रुसी सेनाले बमबारी र गोलाबारी तीव्र पारेको मारिओपोलका मेयर भदयाम बोयचेन्कोले बताएका छन् । ‘आवासीय ब्लकहरुमा निरन्तर गोलाबारी जारी छ । आवासीय क्षेत्रमा विमानले बमहर