काठमाण्डाै - आयरल्यान्डसँगको दुई खेलको टी–२० शृङ्खलामा दक्षिण अफ्रिकाले क्लिन स्वीप गरेको छ ।
इङ्ल्यान्डको ब्रेस्टोलमा गएराति भएको दोस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिका ४४ रनले विजयी भयो ।
दक्षिण अफ्रिकाले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८ ओभर ५ बलमा १ सय ३८ रनमा अलआउट भयो । उसका ह्यारी टेक्टरले ३४ तथा ब्यारी म्याक्कार्थीले ३२ रन जोडे ।
दक्षिण अफ्रिका वायन पार्नेलले ५ तथा डेनियल प्रिरियसले ३ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । उसक...
काठमाण्डाै – दक्षिण अफ्रिकाले बङ्गलादेशसँगको दुई खेलको टेस्ट क्रिकेट शृङ्खला क्लिन स्वीप गरेको छ । दोस्रो तथा टेस्टमा बङ्गलादेशलाई तीन सय ३२ रनले हराउँदै दक्षिण अफ्रिकाले शृङ्खलामा क्लिन स्वीप गरेको हो ।
जितका लागि चार सय १२ रनको लक्ष्य पछ्याएको बङ्गलादेश मात्र ८० रनमा अलआउट भयो । बङ्लादेशका लिटन दास र मेहेदी हसनले २० र तमिम इकवालले १३ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले सात र सिमोन हारमरले तीन विकेट लिए ।
यसअघि भएको पहिलो टेस्टमा दक्षिण अफ्रिका दुई स...
काठमाण्डौ – दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला पाकिस्तानले जितेको छ । दोस्रो टेस्ट ९५ रनले जितेसँगै पाकिस्तानले शृङ्खला दुई–शून्यले क्लिन स्वीप गरेको हो ।
रावलपिण्डीमा तीन सय ७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका पाँचौ दिन दुई सय ७४ रन बनाउँदै अलआउट भयो । उसका एदिम माक्ररमले एक सय आठ रन बनाए । पाकिस्तानका हसन अलिले पाँच र शाहिन अफ्रिदीले चार विकेट लिए ।
पाकिस्तानले १८ वर्षपछि दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला जितेको हो । सन् २००३ यता पाकिस्तानले दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला जित्न सकेको थिएन ।...