एआईजीमा तीन जना डीआईजीहरू बढुवा भएपछि त्यसविरुद्ध दुई जना डीआईजीहरू सर्वोच्च अदालत पुगेका छन् । डीआईजीहरू घनश्याम अर्याल र प्रकाशजंग कार्की रिट निवेदन बोकेर बिहीबार सर्वोच्च अदालत पुगेका हुन् । यद्यपि रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्च प्रशासनले जनाएको छ । मन्त्रिपरिषद्को बिहीबार नै बसेको बैठकले धीरजप्रताप सिंह, वसन्त पन्त र रबिन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । यसअघि बढुवा सिफारिस विरुद्ध ३ जना डीआईजीहरूले उजुरी गरेका थिए । तर, लोकसेवा आयोगको