नयाँ स्वास्थ्य नीति निर्धारण गर्न समिति गठित

स्वास्थ्य मन्त्रालयले स्वास्थ्यमन्त्रीको नेतृत्वमा ११ सदस्यीय उच्चस्तरीय नयाँ स्वास्थ्य नीति निर्धारण समिति गठन गरेको छ । समितिका कार्यकारी उपाध्यक्षमा डा महेश मास्के तथा सदस्यमा डा बद्रीराज पाण्डे, डा शरद् वन्त, डा सेनेन्द्रराज उप्रेती, डा पदमबहादुर चन्द, डा वाइपी सिंह, दयालक्ष्मी वैद्य, डा वासुदेव उपाध्याय र स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मी सदस्य सचिव रहेका छन्…