पेट्रोलियम पद्धार्थको आपूर्ति व्यवस्था सहज बनाइराख्न मूल्यवृद्धि गर्नुपर्‍यो : मन्त्री बडू

काठमाडौं‌ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पद्धार्थको आपूर्ति व्यवस्था सहज बनाइराख्न बाध्यात्मकरूपमा मूल्यवृद्धि गर्नुपरेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिँदै मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मूल्य निरन्तर बढिरहेको र सोहीअनुरूप मूल्य समायोजन गर्नुपर्ने बाध्यता रहेको बताएका हुन् । उनले नेपाल आयल निगमलाई...