नयाँ वर्षको राष्ट्रिय संकल्प

नयाँ वर्ष शुभारम्भको यो दिन निराशा बाँड्ने रुचि पटक्कै छैन । प्रधानमन्त्री केपी ओलीले झैं ‘कस्मेटिक’ उपलब्धिका फेहरिस्त पस्कँदै भ्रमभित्रै सयर गरिरहने मन छ । तर, कहालीलाग्दो २०७७ र त्यस्तै छनक लिएर आएको २०७८ देख्दा हाँसो ओठसम्म पुग्दा–नपुग्दै हराउँछ । अन्योल र दिग्दारी बढ्छ । यो बखत आम नेपाली मनोदशा यस्तै छ ।