लुम्बिनीलाई फराकिलो अन्तरले हराउँदै पुलिसको लगातार तेस्रो जित

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अन्तर्गत महिला क्रिकेट तर्फ समूह ‘बी’ मा नेपाल पुलिसले लगातार तेस्रो खेलमा जित हासिल गरेको छ।शुक्रबार बिहान पोखरा रंगशालामा सम्पन्न खेलमा लुम्बिनिमाथि पुलिसले ९७ रनको फराकिलो जित निकालेको हो। यसअघि पुलिसले प्रदेश एक र कर्णालीलाई हराएको थियो।प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो। उसका लागि कविता जोसीले ४८ रनको नटआउट इनिङ खेल्दा सम्झना ख