प्रहरी बढुवामा सधैँकाे उल्झन- भर्ना मिति हेर्ने कि ज्येष्ठता ?

काठमाडौं । बढुवा समितिले गत साता नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी) का रिक्त १७ दरबन्दीका लागि बढुवा सिफारिस निकाल्यो । एसपीबाट एसएसपीमा बढुवा हुँदा १३ औँ नम्बरमा रहेका वसन्त कुँवर डीआईजीका लागि सिफारिस हुँदा भने पहिलो नम्बरमा उक्लिएका छन् । २०५१ चैतमा सेवा सुरू गरेका कुँवर उक्त ब्याचबाट पहिलो लटमै एसएसपी बनेका थिए । प्रहरी […]

सम्बन्धित सामग्री

परीक्षामा फेल भएका सरकारी वकिललाई कानुनमन्त्रीले बनाए जिल्ला न्यायाधीश

४ असोज, काठमाडौं । न्यायपरिषदको २ असोजमा बसेको बैठकले ३६ न्यायाधीश नियुक्ति गर्दा ज्येष्ठता, योग्यता र कार्यक्षमता मूल्यांंकनमा आधारमा नियुक्त ७ मध्ये पाँचौं नम्बरमा परेका छन् रामचन्द्र शर्मा । जिल्ला सरकारी वकिल कार्यालय स्याङ्जाका जिल्ला न्यायाधिवक्ता शर्मा कास्की जिल्ला अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । ४ मंसिरको चुनावमा स्याङ्जा क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत […]

राष्ट्रिय वाणिज्य बैंकका यी कर्मचारीको बढुवा सिफारिस [सूचीसहित]

राष्ट्रिय वाणिज्य बैंकका विभिन्न पदमा कार्यरत कर्मचारीहरूको बढुवा सिफारिस भएको छ । बैंकको पदपूर्ति समितिले कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यता वापत प्राप्त प्राप्तांकका आधारमा उनीहरूलाई बढुवा सिफारिस गरेको हो । को-को परे सिफारिसमा ?

उपसचिव बढुवाका लागि एक जनाको नाम सिफारिस

काठमाडौँ । नेपाल कृषि सेवा समूहतर्फ उपसचिव बढुवाका लागि एक जनाको नाम सिफारिस भएको छ । मङ्गलवार बसेको बढुवा समितिको बैठकले ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि बाली संरक्षण समूहअन्तर्गत उपसचिव बढुवाका लागि मनोज पोख्रेलको नाम सिफारिस गरेको हो । कृषि सेवा अन्तर्गतकै माटो विज्ञान समूहमा दरखास्त दिए पनि कुनै पनि उम्मेदवार बढुवाका लागि […]

राजश्वतर्फ अधिकृत पदमा बढुवाका लागि ३३ जनाको नाम सिफारिस (नामावलीसहित)

काठमाडौँ । नेपाल प्रशासन सेवा राजश्व समूहतर्फ राज पत्रांकित तृतीय श्रेणी अधिकृत पदमा बढुवाका लागि ३३ जनाको नाम सिफारिस भएको छ । मङ्गलवार बसेको बढुवा समितिको बैठकले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि ३३ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बढुवा सिफारिस नामावली

शिक्षा सेवा नायव सुब्बा बढुवाका लागि दुई जनाको नाम सिफारिस

काठमाडौँ । नेपाल शिक्षा सेवा मुद्रण समूहतर्फ राज पत्र अनंकित द्धितीय श्रेणी (नायव सुब्बा)मा बढुवाका लागि दुई जनाको नाम सिफारिस गरिएकाे छ । सोमबार बसेको बढुवा समितिको बैठकले ज्येष्ठता तथा कार्य सम्पादनको मूल्याङ्कनद्वारा हुने बढुवाका लागि सुरेन्द्र बहादुर खत्री र अशोक श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको हो । बढुवा नामावली :

उपसचिव बढुवाका लागि तीन जनाको नाम सिफारिस

काठमाडौँ । परराष्ट्र सेवातर्फ उपसचिव बढुवाका लागि तीन जनाको नाम सिफारिस भएको छ । बुधवार बसेको बढुवा समितिको बैठकबाट कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाका लागि तीन जनाको नाम सिफारिस गर्ने निर्णय भएको हो । बढुवाका लागि ललिता सिलवाल, मुदिता बज्राचार्य र सीता बस्नेतको नाम सिफारिसमा परेको छ । यसअघि मङ्गलवार इन्जिनियरिङ सेवा तर्फ ज्येष्ठता तथा कार्यसम्पादनको […]

तीन अधिकृत उपसचिव बढुवा सिफारिस

काठमाडौँ । परराष्ट्र सेवाका तीन शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा सिफारिस समितिले बिहीबार ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि मन्त्रालयका शाखा अधिकृतत्रय कुल बहादुर मगर, शिवानी बस्नेत र सबिता नकर्मीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

कृषितर्फ दुई सहसचिव र चार उपसचिवको विज्ञापन रद्द

काठमाडौँ । नेपाल कृषि सेवा, भेटेरिनरी समूहका दुई सहसचिव र चार उपसचिवकालागि गरिएको विज्ञापन रद्द गरिएको छ । लोक सेवा आयोगले बुधवार(आज) एक सूचना प्रकाशित गर्दै ज्येष्ठता र कार्यसम्पादन, कार्यक्षमता मूल्याङ्कन र आन्तरिक प्रतिस्पर्धाका लागि माग गरिएको बढुवा सूचना तथा विज्ञापन सर्वोच्च अदालतको आदेशमा रद्द गरेको हो । आयोगले ज्येष्ठता र कार्यसम्पादन र आन्तरिक प्रतिस्पर्धाबाट […]

अर्याल र ओली सहसचिव बढुवा सिफारिस

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिले शुक्रवार कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि परराष्ट्र मन्त्रालयका उपसचिवद्वय कृष्ण चन्द्र अर्याल र धनबहादुर ओलीको नाम सिफारिस गरेको हो । यस अघि बिहीबार बढुवा समितिले ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । सम्बन्धित […]