सामुदायिक वन फडानी तीव्र सरोकारवाला निकाय मौन

छायाँनाथ रारा नगरपालिका–१४ मा रहेको चंंखेली र मिनडाँडा सामुदायिक वन तीव्र रूपमा फडानी हुँदा पनि सरोकारवाला निकाय मौन बसेको छ । बाम, फैपाटा, दर्खे, नार्फालगायतका बस्तीमा बस्ने ३ सयभन्दा बढी घर परिवारले प्र्रयोग गर्दै आइरहेको मिनडाँडा सामुदायिक वन र चंंखेली सामुदायिक वनमा पछिल्ला केही दिनमा स्याउ उत्पादन बगैंचा, अन्नखेती गर्ने जग्गा बनाउने र नयाँ घर बनाउने स्थानीयबासीको होडबाजीले सामुदायिक वन फडानी बढेको हो ।