संघ, प्रदेश र स्थानीय तह कतै पनि सरकारी सेवाबाट निवृत्त हुने जनप्रतिनिधि कति छन् भन्ने तथ्यांकै छैन । संघ र प्रदेशमा कति जना सांसद र स्थानीय तहमा कति जना जनप्रतिनिधि सरकारी सेवाबाट निवृत्त भएका छन् भन्ने तथ्यांक संघ र प्रदेश सरकार तथा स्थानीय तहसँग छैन ।
संघीय संसदको प्रतिनिधिसभाको सचिवालय, प्रदेश सभाको सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कतै पनि त्यो तथ्यांक छैन । निर्वाचन आयोग नेपालसँग पनि त्यस्तो तथ्यांक छैन ।