भक्तपुरको शारदा माविमा सीपमूलक व्यवहारिक शिक्षा शुरू

भक्तपुर : भक्तपुरको शारदा माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रदेखि विद्यार्थीहरूलाई किताबी सैद्धान्तिक ज्ञानका साथ साथै विभिन्न सीपमूलक व्यवहारिक शिक्षा पनि प्रदान गर्न थालेको छ।शिक्षालाई उत्पादन श्रमसँग जोड्दै शिक्षित बेरोजगारको समस्यालाई न्यूनिकरण गर्न शारदाले सो शिक्षाको शुरूवात गरेको हो।भक्तपुर नगरपालिका–२, यालाछेंमा वि.सं.२००९ सालमा स्थापना भएको सो विद्यालयले समयको आवश्यकतालाई मध्यनजर गरी उत्पादन श्रमसँगै जोडिएको शिक्षाको शुरूवात गरेको जनाएको छ।विद्यालयले चालु शैक्षिक सत्रद