सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंको टंगालस्थित अप्रिकस क्याफे र ठमेलस्थित ठमेल मोमोतारु रेस्टुरेन्टसँग एक सम्झौता गरेको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिनेसम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले अप्रिकस क्याफेमा ५ प्रतिशत र मोमोतारु रेस्टुरेन्टका ठमेल, सानेपा र लेकसाइड पोखरा आउटलेट मा १५ प्रतिशतसम्मको छुट पाउनेछन् […]